अबको निर्वाचनमा कांग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री कोइराला | Khabarhub Khabarhub

अबको निर्वाचनमा कांग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री कोइराला


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन् ।

नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उहाँले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताएका हुन् ।

उनले भने, “आआफ्नो स्थानबाट इमानदार भएर लाग्ने हो भने देशमा कांग्रेस छाउने छ ।”

अहिले कांग्रेस एक हुन नसक्दा समस्या भएको उहाँको भनाइ थियो । अर्को एक प्रसङ्गमा नेपाल कृषि प्रधान देश भएकाले कांग्रेसले आफ्नो सरकार बनाएर अब युवा लक्षित कृषि कार्यमा जोड दिने समय आएको बताए ।

उनले भने, “बिपीको पालामा ३० प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी भएको थियो ।”

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले वडा तहदेखि नै सबैले मन भित्रको तिक्तता हटाएर पार्टी बलियो बनाएर जानुपर्ने बताए ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ५९ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

कैलाली– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-४ मौरनिया

प्राविधिक गडबडीका कारण अलास्का एयरलायन्सका उडान अवरूद्ध

न्यूयोर्क- अलास्का एयरलाइन्सले अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले जारी गरेको

चीन र इयुको शिखर सम्मेलन बिहीबार

बेइजिङ- व्यापारदेखि युक्रेन द्वन्द्वसम्मका विभिन्न विवादलाई सुल्झाउने प्रयास गरिरहेका चीन

पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु 

पोखरा– पोखरामा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । 

ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी