विद्यालय सञ्चालनबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग भोलि छलफल गर्ने « Khabarhub

विद्यालय सञ्चालनबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग भोलि छलफल गर्ने


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना संक्रमण फेरि बढ्न थालेपछि विद्यालय सञ्चालनबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायहरूलाई बोलाएको छ ।

छलफलका लागि सरोकारवाला निकायहरुलाई मन्त्रालयले सोमबार विहान ८ बजे बोलाएको हो ।

बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव गरेपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो ।

विद्यालय सञ्चालनबारे छलफल गर्न मन्त्रालयले बोलाएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए । उनले भने ‘भोलिको छलफलबाट कसरी अगाडि बढ्ने भन्‍ने निष्कर्ष निस्किन्छ ।’

प्याब्सनले भने सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टिका पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ती जारी गर्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : ३५ बजे

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।