सर्वोच्चको आदेश विपरीत पशुपति क्षेत्रमा पक्की चिहान | Khabarhub Khabarhub

सर्वोच्चको आदेश विपरीत पशुपति क्षेत्रमा पक्की चिहान


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ ।

सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इसाइ धर्मावलम्बीको उक्त काम गैरकानूनी र अवाञ्छित भएको महासंघका महासचिव अभिषेक जोशीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतको वि.सं. २०६८ जेठ १ गतेको परमादेशअनुसार पशुपतिनाथको वनक्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीलाई शव गाड्न निषेध गरिएको छ ।

महासंघले चैत २६ मा श्लेषमान्तक वन निरीक्षण गर्दा इसाइ धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेको महासचिव जोशीले बताए । यसबारे सरोकार भएका निकायको ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ ।

सर्वोच्च अदालतको आदेश, पशुपति क्षेत्र विकास कोष ऐन २०४४ तथा नेपालको संविधानको उल्लङ्घन भइरहँदा पशुपति क्षेत्र विकास कोषलाई त्यस्ता गतिविधिहरूबारे जानकारी छ कि छैन भनी महासचिव जोशीले प्रश्न गरेका छन् ।

श्लेषमान्तक वनको संरक्षण, संवर्द्धन तथा सरसफाइ पनि हुन नसकेको निरीक्षणका क्रममा देखिएको उनले सुनाए । वनमा खुलेआम दिसापिसाब, अनैतिक क्रियाकलाप, प्लाष्टिकजन्य फोहर, बेवारिसे शव, रक्सीका बोतल फेला परेका छन् ।

पशुपतिनाथ जस्तो धार्मिक स्थल सबै प्रकारले सुरक्षित, मर्यादित र सफासुग्घर हुनुर्ने महासंघको माग छ । कोषले पनि यस विषयमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : ०१ बजे

खानेपानी, यातायात लगायतबाट वञ्चित कास्कीकोटवासी

गण्डकी– सहरछेउ भएर पनि पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट विकासका दृष्टिले

टीआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित

नेपालगञ्ज– सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण

मार्क जुकरबर्ग र डोनाल्ड ट्रम्पबीच भेटवार्ता 

न्युयोर्क – फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले डोनाल्ड ट्रम्पसँग भेटवार्ता

आकाशे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी

खोटाङ– खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार

उपनिर्वाचन : ग्रामथानका ४ वटा मतदानस्थल संवेदनशील 

विराटनगर – मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि आगामी मंसिर