सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायी महासंघको माग « Khabarhub

सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायी महासंघको माग


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोली हानी हत्या गरिएकामा नेपाल सुनचाँदी व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका प्रवक्ता मनोजकुमार शाहका अनुसार लहानस्थित अमिता ज्वेलर्सका सञ्चालक ४० वर्षीय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको थियो ।

सो घटनाले मुलुकभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाएको भन्दै महासंघले मुलुकको सुरक्षा व्यवस्था र व्यावसायिक सुरक्षाको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

सिरहाको लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माकोे हत्यापछि नचिनेका मानिसहरुले अमिता ज्वेलर्समा रहेको सुनचाँदी र नगद पनि लुटपाट गरेका थिए ।

महासंघले यस्ता घटना दोहोरिन नदिन सरकारसँग आग्रह गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न तथा मृतकको परिवारलाई उचित क्षतिपूर्तिको ब्यवस्था गर्न माग गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : ३३ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ