सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायी महासंघको माग « Khabarhub

सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायी महासंघको माग


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोली हानी हत्या गरिएकामा नेपाल सुनचाँदी व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका प्रवक्ता मनोजकुमार शाहका अनुसार लहानस्थित अमिता ज्वेलर्सका सञ्चालक ४० वर्षीय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको थियो ।

सो घटनाले मुलुकभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाएको भन्दै महासंघले मुलुकको सुरक्षा व्यवस्था र व्यावसायिक सुरक्षाको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

सिरहाको लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माकोे हत्यापछि नचिनेका मानिसहरुले अमिता ज्वेलर्समा रहेको सुनचाँदी र नगद पनि लुटपाट गरेका थिए ।

महासंघले यस्ता घटना दोहोरिन नदिन सरकारसँग आग्रह गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न तथा मृतकको परिवारलाई उचित क्षतिपूर्तिको ब्यवस्था गर्न माग गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : ३३ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका