चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु « Khabarhub

चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाका अनुसार चितवनको राप्ती नगरपालिका आमपानीको चिउडेखोलामा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरमा सवार पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए ।

ट्याक्टरमा २२ जनाभन्दा बढी सवार रहेको उनले बताए । दुर्घटनामा केही घाइते भएको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जाकारी दिए ।

दुर्घटनमा ज्यान गुमाएकाहरुमध्ये चार जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् । एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन ।

 

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : १० बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा