हिमन्त विश्व शर्माले लिए असमको १५औँ मुख्यमन्त्रीको सपथ | Khabarhub Khabarhub

हिमन्त विश्व शर्माले लिए असमको १५औँ मुख्यमन्त्रीको सपथ


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी (पीटीआई)- भारतीय जनता पार्टीको तर्फबाट नवनिर्वाचित राज्यसभा सदस्य हिमन्त विश्व शर्माले भारतको असम राज्यको मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन् ।

उनी असमको १५ मुख्यमन्त्री बनेका हुन् । उनलाई राज्यका गभर्नर जगदीश मुखीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

सोमबार मूख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रमसँगै सोही दलका १० र अन्य तीन विधायिकाले पनि कोभिड–१९ को नियमअनुसार सामाजिक दूरी कायम गरी मन्त्रीको रूपमा शपथ लिएका छन् ।

शपथ ग्रहण गर्ने १३ विधायिकामध्ये भाजपाका प्रदेश अध्यक्ष रञ्जितकुमार दास, निवर्तमान राज्य सरकारका मन्त्री चन्द्रमोहन पटवारी, परिमल सुक्ला बैद्य, जोगेश मोहन र सञ्जय किशनलगायतका १० जना छन् ।

असाममा मन्त्रीका रूपमा देखिएका नयाँ अनुहारहरूमा रञ्ज पेगु, बिमल बोरा तथा मन्त्रिपरिषद्मा एक मात्र महिला अजन्त नेओग रहेका छन् ।

गठबन्धनका साझेदार एजीपीका अतुल बोरा र पूर्वसरकारका दुबै मन्त्री केशव महन्ता र यूपीपीएलका पूर्व सभासद् यू जी ब्रह्माले पनि शपथ लिएका छन् ।

शपथ ग्रहण समारोहमा भाजपा अध्यक्ष जे पी नड्डा, निवर्तमान मुख्यमन्त्री सर्वानन्द सोनोवाल, केन्द्रीय मन्त्री जितेन्द्र सिंह, रमेश तेली, नागाल्याण्डका मुख्यमन्त्री निपु रियो र असाम काङ्ग्रेसका प्रमुख रिपुन बोरा लगायत उपस्थित थिए ।

असमको १२६ विधानसभा सीटमध्ये सत्तारुढ गठबन्धनले भाजपाका ६०सहित ७५ सीट जितेको थियो । असाममा भाजपा गठबन्धन लगातार दोस्रो पटक चुनाव जित्ने राज्यको पहिलो गैर–कांग्रेस सरकार हो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : २५ बजे

 तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै