एनआरएनएले मध्यपूर्वले ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउँदै « Khabarhub

एनआरएनएले मध्यपूर्वले ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउँदै


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउने भएको छ ।

नेपालमा अस्वाभाविक रूपमा फैलिएको कोरोना महामारी र महामारीका कारण जनमानसमा देखा परेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउन लागेको हो।

एनआरएनए मध्यपूर्वबाट कोभिड -१९ विषम परिस्थितिमा सिंगो ‘मध्यपूर्वका नेपालीको अभियान, ६ सय अक्सिजन सिलिन्डर मार्फत दैनिक १२ सय नेपालीलाई जीवनदान’ भन्ने मूल नाराका साथ सहयोग गर्न लागेको यस अभियानका संयोजक तथा एनआरएनएका सचिव राजेन्द्र कुमार शर्माले बताए ।

६ सय थान अक्सिजन सिलिन्डर ओमान हुँदै अबको एक हप्तामा नेपाल पठाईने संयोजक शर्माले भर्चुल माध्यमबाट भएको पत्रकार सम्मेलन जानकारी दिए ।

५५० अक्सिजन सिलिन्डर तयार भैसकेको र बाँकी ५० पनि जम्मा गर्ने काम भईरहेको तथा नेपाल पठाउनको लागि कार्गो विमान कुराकानी भईरहेको एनआरएनए ओमानका अध्क्षय विकल झाले बताए ।

अक्सिजन सिलिन्डर नेपाल पठाउन ओमान सरकारको अनुमति लिनु पर्ने भएकाले यसको सम्पूर्ण काम नेपाली राजदूत शर्मीला पराजुली ढकालले गरिरहेकाले चाँडै कानुनी प्रक्रिया पुर्‍याएर स्वदेश पठाइने अध्यक्ष झाले बताए ।

नेपाल सरकारको तर्फबाट स्वास्थ्योपचारमा पहल हुँदाहुँदै पनि कोरोना भाइरस तीव्र रुपमा बढिरहँदा बिरामीले अस्पतालमा शय्या नपाउँदा मृतकको सङ्ख्या दिन प्रतिदिन बढीरहेकाले सहयोग अति आवश्यक रहेको एनआरएनए केन्द्रीय प्रबक्ता डिबी क्षेत्रीले बताए ।

एनआरएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालले यो अभियान एनआएनएको मात्र नभएर मध्यपूर्वमा रहेका करिव २० लाख नेपाल तथा विभिन्न संघसस्थाहरुको पनि रहेको भन्दै महामारीमा सहयोग गर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ५५ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका