अक्सिमिटरको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

अक्सिमिटरको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– कोरोना भाइरस संक्रमण महामारीको मौका छोपी अक्सिमिटरको कालोबजारी गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–९ बाट एक जना सर्जिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय बिनिता सर्जिकल स्टोरका सञ्चालक ३० वर्षीय भुपनारायण शाह छन् । सिरहाको शुखिपुर नगरपालिका घर भएका उनले जनकपुरस्थित बाह्रविगाहामा सर्जिकल स्टोर सञ्चालन गर्दै आएका थिए । प्रहरीले सो स्टोरबाट २८ थान पल्स अक्सिमिटर बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार उनले १ हजार ७ सय पर्ने पल्स अक्सिमिटर ३ हजारसम्ममा बेच्ने गरेको खुलेको छ ।

शाहलाई अहिले प्रहरीले कालोबजारी र संक्रामक रोग ऐन–२०२० अनुसार प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : १० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६