श्वासनलीमा किन हुन्छ संक्रमण ? « Khabarhub

श्वासनलीमा किन हुन्छ संक्रमण ?


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नाक, मुख, घाँटी वा फोक्सोमा हुने संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ । साधारणतया यस्तो संक्रमण गम्भीर चोट, तथा अन्यत्रबाट सरेर आउँछ ।

लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने बिरामीहरुमा फोक्सोको चाल र गतिमा कमी आउँछ । जसले गर्दा फोक्सो भित्रबाट निस्किने खकारलाई बिरामीले खोकेर बाहिर निकाल्न सक्दैनन् र फोक्सोभित्र जमेको खकारले संक्रमण गराउने संभावना हुन्छ ।

किन हुन्छ संक्रमण
नाक, मुख, घाँटी वा फोक्सोमा संक्रमण हुनुमा पिनास (साइनसिटिस), घाँटीको संक्रमण (फाराइनजाइटिस), स्वरनलीमा संक्रमण (लाराइनजाइटिस), कानको मध्य भागमा संक्रमण (ओटोटिश मिडिया) लगायतका कारण रहने गरेका छन् ।

यी कारणले श्वासप्रश्वास नलीमा गम्भीर संक्रमण हुनसक्छ । यस अलावा निमोनिया साथै नाक, मुख र घाँटीमा संक्रमितका साधनहरु जस्तै रुमाल, मास्क, ओछ्यान, सिरक आदि प्रयोग गरेमा वा प्रदुषित हावामा बिरामीले श्वासप्रश्वास लिएमा पनि श्वासप्रश्वास नलीमा संक्रमण हुने गर्दछ ।

संक्रमणका लक्षण
– १०३ डिग्रीसम्म ज्वरो आउनु
– धेरै पसिना आउनु
– श्वास फेर्न गाह्रो हुनु/छिटोछिटो श्वास फेर्नु
– श्वास फेर्दा असाधारण आवाज आउनु
– चर्को खोकी लाग्नु
– कफ/खकार बाक्लो गाढा हुनु
– पहेँलो/रगत मिसिएको बाक्लो खकार आउनु
– पुरै शरीरमा पीडा हुनु
– अत्यधिक थकाइ लाग्नु ।

बिरामीको स्याहार
– घर वरपरको वातावरण धुलो, धुवाँ मुक्त स्वच्छ राख्ने ।
– बिरामी घरपालुवा जनावरबाट टाढा रहने ।
– बिरामीको छेउमा नजाने ।
– जलवियोजन हुन नदिन बिरामीलाई तातो झोलिलो पदार्थ खुवाउने ।
– बिरामीलाई न्यानो बनाई राख्न चिसोबाट बचाउने ।
– बिरामीलाई राम्ररी हावा चल्ने कोठामा राख्ने ।
– बिरामीको ओछ्यान आरामदायी बनाउने ।
– बिरामीको उपचार र हेरचाह अघि र पछि साबुन पानीले राम्ररी हात धुने ।
– बिरामीको उपचारमा सक्रियहरुले मुख छोप्न माक्स लगाउने ।
– बिरामीले लगाएको माक्स फेरीरहने ।
– बिरामीले प्रयोग गर्ने श्वासप्रश्वासका साधनहरु स्यानिटाइज गर्ने ।
– बिरामीलाई प्रोटिनयुक्त पोषिलो खानेकुरा माछामासु, अण्डा र दूधजन्य पदार्थ खुवाउने ।
– बिरामीले फोक्सोलाई फैलाउन मद्दत पुर्‍याउने श्वासप्रश्वास व्यायाम गर्ने ।
– नाकबाट फोक्सोभित्र हावा तान्ने र मुखबाट हावा छोड्ने ।
– खोक्ने अभ्यास गर्ने ।
– अभ्यास गर्नु भन्दा १० मिनेट अगाडि बिरामीलाई तातोपानी बाफ लिने ।
– बिरामीले भित्रैदेखि बिस्तारै गहिरो सास तान्ने र छोड्ने पक्रिया प्रशस्त मात्रामा गर्ने ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ३ : ०१ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई