चुनाव प्रचारको नयाँ तरिकाले पशु अधिकारकर्मी रिसाए « Khabarhub

चुनाव प्रचारको नयाँ तरिकाले पशु अधिकारकर्मी रिसाए


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा हालै विधानसभा निर्वाचन सकिएको छ । निर्वाचनमा मतदाता रिझाउन उम्मेद्वारले गरेका विभिन्न हर्कतहरु चर्चामा रहे । कोही नरिवल फुटाउने, कोही कपडा धोइदिने त कोही रिक्सा चलाउने । यस्तैमा केही उम्मेद्धारले भने भुस्याहा कुकुरको प्रयोग गरेका छन् ।

भारतको उत्तर प्रदेश पञ्चायत निर्वाचनमा प्रत्याशीले आफ्नो प्रचार अभियानमा भुस्याहा कुकुरको प्रयोग गरेका हुन् । रायबरेली र बलिया जिल्लाका उम्मेद्धारले आफ्नो प्रचारमा ती कुकुरको शरीरमा पर्चा टासेका थिए ।

यसरी भुस्याहा कुकुरको शरीरमा पर्चा सामग्री टासेपछि मिश्रित टिप्पणीहरु आएको थियो । अभियान सामग्री टासिएका कुकुरको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि पशु प्रेमिले यसको कडा विरोध गरे । पशु प्रेमीका अनुसार यो गम्भिर दण्डनीय अपराध हो ।

पशु अधिकारकर्मीको चासोका बिषयमा एक उम्मेद्वारले निर्वाचनको आदर्श आचार संहितामा कुकुरको प्रयोग गर्न नहुने बिषयमा कतै नियम नभएकाले भुस्याहा कुकुरको शरीरमा पर्चा टासेको जवाफ फर्काएका छन् । ती उम्मेद्वारका अनुसार भुस्याहा कुकुरलाई खाना दिने आफूहरुले उनीहरुलाई कुनै क्षती नपुर्याई यस प्रकारको प्रचार गरिनु कुनै अशोभनिय हुदैँन ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ५८ बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ