चुनाव प्रचारको नयाँ तरिकाले पशु अधिकारकर्मी रिसाए « Khabarhub

चुनाव प्रचारको नयाँ तरिकाले पशु अधिकारकर्मी रिसाए


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा हालै विधानसभा निर्वाचन सकिएको छ । निर्वाचनमा मतदाता रिझाउन उम्मेद्वारले गरेका विभिन्न हर्कतहरु चर्चामा रहे । कोही नरिवल फुटाउने, कोही कपडा धोइदिने त कोही रिक्सा चलाउने । यस्तैमा केही उम्मेद्धारले भने भुस्याहा कुकुरको प्रयोग गरेका छन् ।

भारतको उत्तर प्रदेश पञ्चायत निर्वाचनमा प्रत्याशीले आफ्नो प्रचार अभियानमा भुस्याहा कुकुरको प्रयोग गरेका हुन् । रायबरेली र बलिया जिल्लाका उम्मेद्धारले आफ्नो प्रचारमा ती कुकुरको शरीरमा पर्चा टासेका थिए ।

यसरी भुस्याहा कुकुरको शरीरमा पर्चा सामग्री टासेपछि मिश्रित टिप्पणीहरु आएको थियो । अभियान सामग्री टासिएका कुकुरको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि पशु प्रेमिले यसको कडा विरोध गरे । पशु प्रेमीका अनुसार यो गम्भिर दण्डनीय अपराध हो ।

पशु अधिकारकर्मीको चासोका बिषयमा एक उम्मेद्वारले निर्वाचनको आदर्श आचार संहितामा कुकुरको प्रयोग गर्न नहुने बिषयमा कतै नियम नभएकाले भुस्याहा कुकुरको शरीरमा पर्चा टासेको जवाफ फर्काएका छन् । ती उम्मेद्वारका अनुसार भुस्याहा कुकुरलाई खाना दिने आफूहरुले उनीहरुलाई कुनै क्षती नपुर्याई यस प्रकारको प्रचार गरिनु कुनै अशोभनिय हुदैँन ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ५८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल