नेपाल सुपर लिगमा आज काठमाडौँ र धनगढी भिड्दै | Khabarhub Khabarhub

नेपाल सुपर लिगमा आज काठमाडौँ र धनगढी भिड्दै


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् ।

आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ ।

ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने छ ।

दशरथ रङ्गशालामा आजको खेल साँझ साढे ५ बजे शुरु हुने छ । लिग चरणमा ६ खेलमा १३ अङ्क जोड्दै काठमाडौँ पहिलो तथा १० अङ्क जोडेर धनगढी दोस्रो भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : २३ बजे

‘सिधाकुरा’को ‘द डार्क फाइल’बारे काउन्सिल अध्यक्ष भन्छन् : प्रथम दृष्टिमै अपुष्ट र शंकास्पद थियो

काठमाडौं- ‘सिधाकुरा डटकम’ मा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको

लगानी सम्मेलन : सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा

लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी

काठमाडौं – तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी

‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो (आदेशसहित)

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेललाई बयानमा बोलाउन

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ