अक्सोमिटर कालोबजारी गर्ने ७ जना पक्राउ « Khabarhub

अक्सोमिटर कालोबजारी गर्ने ७ जना पक्राउ


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लकडाउनको मौका छोपी अक्सिजन लेबल मापन गर्ने अक्सोमिटर कालोबजारी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

बजारमूल्य ६ देखि ७ सय पर्ने भएपनि उनीहरुले २ हजार २ सय सम्म विक्री गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका सूचना अधिकारी एसपी कृष्ण कोइरालाले जानकारी दिए।

उनका अनुसार सात सय ६५ थान अक्सोमिटर पनि बरामद गरिएको छ।

पक्राउ पर्नेमा सिन्धुली जिल्ला घर भई कुलेश्वरमा बस्ने २९ वर्षीय शिखर श्रेष्ठ, बाजुराका २१ बर्षीय थुमराज उपाध्याय, स्यांङजा घर भई हाल नानोटेक फर्माका सञ्चालक २७ बर्षीय शेषकान्त अधिकारी, सुनसरी स्थायी घर भई भिमसेनगोलास्थित चिरायू केडी ग्रुप प्रा.लिका ३९ बर्षीय पुस्कर घिमिरे, मोरङ स्थायी घर भई अनामनगर बस्ने आहा इन्टरप्राइजेज कम्पनीका ४४ बर्षीय विशाल आचार्य, सिन्धुपाल्चोक घर भई हाल बागबजार बस्ने २१ बर्षीय सन्तोष श्रेष्ठ र भारत राजस्थान झुनझुन घर भएका ५५ बर्षीय जगदीश प्रसाल रानासरिया रहेका छन्।

पक्राउ परेका मध्ये आहा इन्टरप्राइजेज कम्पनीका विशाल आचार्यले चिनबाट मास्क बनाउने तुनामा लुकाईछपाई सो अक्सोमिटर ल्याएर कालोबजारी गरेको पाइएको र उनकै सम्पर्कबाट अन्य व्यक्तिहरु पनि पक्राउ परेका हुन्। प्रहरीले उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत कारवाही गर्ने जनाएको छ।

यसअघि महाशाखाले रेमडिसिभिर औषधि ६ थानको मुल्य करिब ३० हजार पर्नेमा रु.१ लाख २० हजारमा बिक्री वितरण गर्ने गोरखा आरुघाट गाउँपालिका वडा नं.–४ स्थायी घर भई हाल जिल्ला काठमाडौँ टोखा बस्ने बर्ष–२५ को रफिक मियालाई पनि पक्राउ गरी कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाएको थियो।

No description available.

No description available.

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : ५७ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई