कोरोनाबाट बाँके र बर्दियामा थप १५ को मृत्यु « Khabarhub

कोरोनाबाट बाँके र बर्दियामा थप १५ को मृत्यु


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप १५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीका अनुसार सोमबार दिउँसो ४.३० देखि आज बिहान ११ बजेसम्म मृत्यु हुनेमा बर्दियाका आठ, बाँकेका पाँच, रुकुम पूर्वका एक र कन्चनपुरका एकजना गरी १५ जना छन् ।

मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिकाका तीन जना छन् । बाँसगढी नगरपालिका­९ का ७३ वर्षिय पुरुष, वडा नं ५ का ६० वर्षिय पुरुष र वडा नखुलेका ४२ वर्षिय महिला रहेका छन् । त्यस्तै बढैयाताल गाउँपालिका–३ का ७८ वर्षिया महिला र वडा नं १ का ८५ वर्षिय पुरुषले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै गुलरिया–६ का २१ वर्षिय पुरुष, बारबर्दिया–६ का ६३ वर्षीया महिला र ठाकुरबाबा­३ का ४५ वर्षका पुरुष गरी आज सबैभन्दा बढी बर्दियाका सङ्क्रमितको ज्यान गएको छ ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका–१० बाँकेका ६८ वर्षिय पुरुष, खजुरा गाउँपालिका–३ का ५२ वर्षिय पुरुष, जानकी गाउँपालिका–४ का ४५ वर्षीया महिला, होम आइसोलेसनमा बसिरहेका खजुरा गाउँपालिका–२ का ८८ वर्षिय पुरुष र कोहलपुर नगरपालिका–८ का ६२ वर्षिय पुरुषको पनि कोरानाका कारण निधन भएको छ ।

यसैगरी सिस्ने गाउँपालिका–३ रुकुम पुर्वका ५३ वर्षिय पुरुष र कन्चनपुर जिल्लाको पुर्नवास नगरपालिका­३ का ६१ वर्षिय पुरुषको समेत कोरोनाका कारण नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १५१ जना र बाँकेकै १९७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  २ : ५३ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई