मान्छे फरक फरक वर्णका हुने कारण यस्तो ? « Khabarhub

मान्छे फरक फरक वर्णका हुने कारण यस्तो ?


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सबै मानिसको रंग एकै प्रकारको हुदैँन । एउटै परिवारका, एकै आमाबुवाका सन्तान पनि कोही कालो, कोही सेतो हुन्छन् । तर किन मानिस कोही कालो त कोही गोरो हुन्छ ?

वैज्ञानिकका अनुसार, मानिसको छालाको रंग फरक फरक हुनुमा शरीरको छालामा भइरहने विभिन्न रासायनिक प्रक्रियाहरु नै हुन् । छालामा क्रोमोजिन नामक तत्व अरु रसायनसँग मिल्दा यसले विशेष रंगको निर्माण गर्छ । यसले नै छालाको रंग निर्माण गर्दछ । यदी कुनै मानिसमा यो तत्व छैन भने छालाको रंग अति नै सेतो हुने गर्दछ ।

मानिसको छालाको वास्तविक रंग क्रिम जस्तो सेतो हुन्छ । तर क्रोमोजिनले यो फरक पर्न जान्छ । यसको कारण छालामा रहेको मेलानिन नामक तत्व पनि कारक हो । मानिस कालो होस् या गोरो होस्, उसको शरीरमा अनिवार्य रुपमा त्यो मेलानिन हुन्छ ।

मेलानिन पनि मूलतः दुई थरिका हुन्छन् । यसमध्ये पहिलो प्रकार फियोमेलानिन हो जो रातोदेखि पहेलो रंगको हुन्छ । दोस्रो इयुमेलानिन हो जो गाढा कलेजीदेखि कालो हुन्छ । र गोरो छाला हुने मानिसमा फियोमेलानिन सक्रिय हुन्छ । मेलानिनको संख्या र आकारको उपस्थितिले मानिसको रंगमा भुमिका खेल्दछ ।

सूर्यबाट पराबैजनी किरण पृथ्वीसम्म आउने भएकाले गर्मी महिनामा घाममा बस्दा छाला कालो हुन्छ । यस अलावा पृथ्वीको भू–मध्य रेखामा सूर्यको प्रकाश धेरै पर्दछ । त्यही भएर त्यहाँका मानिसहरुको छालामा मेलानिन धेरै मात्रामा पाइन्छ । उनीहरु अन्य ठाँउका मानिसहरु भन्दा काला हुन्छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १२ : ०० बजे

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी

काठमाडौं- भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको

अग्नि सापकोटा चिन्ता : लोकप्रियतावादका नाममा वामपन्थी सिद्ध‍याउने योजन बन्दैछ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ

सुनचाँदीको भाउ अझै बढ्छ, नयाँ गहना बनाउने ८० प्रतिशत घटे : माणिकरत्न शाक्य

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ, जसले