अक्सिजनको आपूर्ति सहज बनाउन माग | Khabarhub Khabarhub

अक्सिजनको आपूर्ति सहज बनाउन माग


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेडिसिटी अस्पतालले अक्सिजनको आपूर्ति सहज बनाउन माग गरेको छ ।

अस्पतालले कोभिड तथा नन कोभिड दुवै बिरामीको उपचार गराइरहेको जानकारी गराउँदै अस्पताललाई चाहिने अक्सिजनको आपूर्ति सहज बनाउन माग गरेको हो ।

अस्पतालमा अहिले १२० कोभिड तथा १०० जना नन कोभिडका बिरामी रहेको जनाउँदै प्रत्येक दिन ४५० देखि ५०० अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा सरकारले १०० सिलिन्डरमात्र भएकाले उपचारमा समस्या हुने जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितीमा अस्पतालले कोभिड तथा नन् कोभिड बिरामीहरुको सुरक्षित तवरले उपचार गराईरहँदा हाल आएर अक्सिजनको चरम् अभाव महशुस गरिएको छ । अहिले अस्पतालमा १०० जना भन्दा बढि नन् कोभिड बिरामीहरु त्था १२० जना भन्दा बढि कोभिडका बिरामीहरुको उपचार भइरहेकोमा ४० जना भन्दा बढि भेन्टिलेटर सहितको विभिन्न सघन उपचार कक्षमा रहेको र यो संख्या देशभरकै अस्पतालहरु मध्ये ठूलो संख्यामा रहेको समेत जानकारी गराउँछौँ । प्रत्येक दिन ४ सय पचास देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने जानकारी प्राप्त भएकाले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले सोका लागि सहज आपूर्ति गर्ने व्यवस्था मिलाउन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायहरुसँग हार्दिक अपिल गर्दछौँ ।’

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ३ : ३० बजे

रविलाई केहीबेरमा पोखराबाट काठमाडौं ल्याइँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं

सिजी सोलार वाटर हिटरको न्यानो : शतप्रतिशत सौर्य ऊर्जा, शून्य बिजुली खर्च

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य प्रविधिसहितको सिजी सोलार वाटर हिटर

वनमन्त्री ठकुरी‌संग दक्षिण कोरियाका राजदूतको भेट

काठमाडौं – नेपाल सरकारका वन  तथा वातावरण मन्त्री ऐनबहादुर शाही

‘रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमण’

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको ऊर्जा केन्द्रहरूमा रूसले

कृष्णमानलाई सघाउन कीर्तिपुर पुगे गगन र विश्वप्रकाश (तस्बिरहरू)

काठमाडौं- कीर्तिपुर नगरपालिकाको मेयर पदको बलियो दाबेदार नेपाली कांग्रेसले दुईजना