अक्सिजनको आपूर्ति सहज बनाउन माग « Khabarhub

अक्सिजनको आपूर्ति सहज बनाउन माग


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेडिसिटी अस्पतालले अक्सिजनको आपूर्ति सहज बनाउन माग गरेको छ ।

अस्पतालले कोभिड तथा नन कोभिड दुवै बिरामीको उपचार गराइरहेको जानकारी गराउँदै अस्पताललाई चाहिने अक्सिजनको आपूर्ति सहज बनाउन माग गरेको हो ।

अस्पतालमा अहिले १२० कोभिड तथा १०० जना नन कोभिडका बिरामी रहेको जनाउँदै प्रत्येक दिन ४५० देखि ५०० अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा सरकारले १०० सिलिन्डरमात्र भएकाले उपचारमा समस्या हुने जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितीमा अस्पतालले कोभिड तथा नन् कोभिड बिरामीहरुको सुरक्षित तवरले उपचार गराईरहँदा हाल आएर अक्सिजनको चरम् अभाव महशुस गरिएको छ । अहिले अस्पतालमा १०० जना भन्दा बढि नन् कोभिड बिरामीहरु त्था १२० जना भन्दा बढि कोभिडका बिरामीहरुको उपचार भइरहेकोमा ४० जना भन्दा बढि भेन्टिलेटर सहितको विभिन्न सघन उपचार कक्षमा रहेको र यो संख्या देशभरकै अस्पतालहरु मध्ये ठूलो संख्यामा रहेको समेत जानकारी गराउँछौँ । प्रत्येक दिन ४ सय पचास देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने जानकारी प्राप्त भएकाले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले सोका लागि सहज आपूर्ति गर्ने व्यवस्था मिलाउन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायहरुसँग हार्दिक अपिल गर्दछौँ ।’

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ३ : ३० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि