औषधि, अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्नू– सर्वोच्च अदालत | Khabarhub Khabarhub

औषधि, अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्नू– सर्वोच्च अदालत


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमितको उपचार गर्ने उचित वातावरण बनाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चले कोभिड १९ संक्रमितको उपचार गर्न उपचार गर्न औषधि, अक्सिजन र अस्पतालको सहज व्यवस्थापनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन, साथै अस्पतालमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न अन्तरिम आदेश दिएको हो।

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरले महामारीमा सहज स्वास्थ्य सेवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने औषधि, अक्सिजन र अस्पतालको व्यवस्थापनको लागि आवश्यकता अनुसार सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व हुनेगरी एउटा कार्य समिति बनाउन र समस्याको समाधान प्रभावकारी ढंगले गर्न/गराउन पनि आदेश गरिएको छ।

रिटमाथि अधिवक्ताद्वय अम्बेडकर र मोहना अन्सारीले बहस गरेका थिए। रिटका सम्बन्धमा जेठ ७ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश पनि दिइएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ३ : ३८ बजे

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य