औषधि, अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्नू– सर्वोच्च अदालत « Khabarhub

औषधि, अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्नू– सर्वोच्च अदालत


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमितको उपचार गर्ने उचित वातावरण बनाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चले कोभिड १९ संक्रमितको उपचार गर्न उपचार गर्न औषधि, अक्सिजन र अस्पतालको सहज व्यवस्थापनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन, साथै अस्पतालमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न अन्तरिम आदेश दिएको हो।

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरले महामारीमा सहज स्वास्थ्य सेवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने औषधि, अक्सिजन र अस्पतालको व्यवस्थापनको लागि आवश्यकता अनुसार सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व हुनेगरी एउटा कार्य समिति बनाउन र समस्याको समाधान प्रभावकारी ढंगले गर्न/गराउन पनि आदेश गरिएको छ।

रिटमाथि अधिवक्ताद्वय अम्बेडकर र मोहना अन्सारीले बहस गरेका थिए। रिटका सम्बन्धमा जेठ ७ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश पनि दिइएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ३ : ३८ बजे

जुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर

जुम्ला– चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा जुम्लामा पुँजीगत

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम

सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने देउवा पक्षका नेताहरुको निष्कर्ष

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत– पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर

भोलि फेरि बस्नेगरी सकियो खड्काले डाकेको बैठक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेकोे पूर्वपदाधिकारीहरुको