राजधानीका अत्यावश्यक पसल बिहान १० बजेसम्म खोल्न पाइने | Khabarhub Khabarhub

राजधानीका अत्यावश्यक पसल बिहान १० बजेसम्म खोल्न पाइने

बिहे घरभित्रै १० जनामात्र भेला भएर गर्नुपर्ने


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाल ९ बिहान बजेसम्म मात्र अत्यावश्यक सामग्री बिक्री गर्ने पसल खोल्न पाइने व्यवस्था परिमार्जन गर्दै काठमाडौँ उपत्यकामा बिहान १० बजेसम्म खोल्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार भोलिदेखि लागूहुने गरी खाद्यान्न, फलफूल, तरकारी, दूग्धजन्य पदार्थलगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खबरहबसँग भने, ‘अनुगमनका क्रममा अत्यावश्यक सामग्री खरिदमा भीडभाड बढेको देखिएकाले त्यसलाई कम गर्न किनमेलका लागि १ घण्टा समय थपिएको हो।’

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यसअघि १५ जनासम्म भेला भएर ब्याङ्क्वेट र होटलमा विवाह गर्न पाउने नियम पनि परिवर्तन गरिएको छ ।

पराजुलीले भने, ‘यस पटक बैङ्क्वेट र होटलमा हुने विवाहमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय भएको छ । तर घरमा आयोजन गरिने वैवाहिक कार्यक्रममा चाहिँ १० जनाभन्दा कम मानिस मात्रै उपस्थित भएर गर्न पाउँछन् ।’

यसबाहेक जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेक अन्य विकास, निर्माणका काममा रोक लगाउने निर्णय गरेको छ । त्यसैगरी कालिमाटी र बल्खुको तरकारी बजारबाट खुद्रा तरकारी किनबेचमा रोक लगाइएको छ ।

बैंक तथा वित्तिय संस्थाका कार्यालय २५ प्रतिशत मात्र खोल्न निर्देशन दिए पनि त्यसभन्दा बढी खुलेको निष्कर्ष निकाल्दै प्रशासनले अनुगमन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार उपत्यकाका सरकारी कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ३ : ५५ बजे

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य