राजधानीका अत्यावश्यक पसल बिहान १० बजेसम्म खोल्न पाइने « Khabarhub

राजधानीका अत्यावश्यक पसल बिहान १० बजेसम्म खोल्न पाइने

बिहे घरभित्रै १० जनामात्र भेला भएर गर्नुपर्ने


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाल ९ बिहान बजेसम्म मात्र अत्यावश्यक सामग्री बिक्री गर्ने पसल खोल्न पाइने व्यवस्था परिमार्जन गर्दै काठमाडौँ उपत्यकामा बिहान १० बजेसम्म खोल्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार भोलिदेखि लागूहुने गरी खाद्यान्न, फलफूल, तरकारी, दूग्धजन्य पदार्थलगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खबरहबसँग भने, ‘अनुगमनका क्रममा अत्यावश्यक सामग्री खरिदमा भीडभाड बढेको देखिएकाले त्यसलाई कम गर्न किनमेलका लागि १ घण्टा समय थपिएको हो।’

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यसअघि १५ जनासम्म भेला भएर ब्याङ्क्वेट र होटलमा विवाह गर्न पाउने नियम पनि परिवर्तन गरिएको छ ।

पराजुलीले भने, ‘यस पटक बैङ्क्वेट र होटलमा हुने विवाहमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय भएको छ । तर घरमा आयोजन गरिने वैवाहिक कार्यक्रममा चाहिँ १० जनाभन्दा कम मानिस मात्रै उपस्थित भएर गर्न पाउँछन् ।’

यसबाहेक जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेक अन्य विकास, निर्माणका काममा रोक लगाउने निर्णय गरेको छ । त्यसैगरी कालिमाटी र बल्खुको तरकारी बजारबाट खुद्रा तरकारी किनबेचमा रोक लगाइएको छ ।

बैंक तथा वित्तिय संस्थाका कार्यालय २५ प्रतिशत मात्र खोल्न निर्देशन दिए पनि त्यसभन्दा बढी खुलेको निष्कर्ष निकाल्दै प्रशासनले अनुगमन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार उपत्यकाका सरकारी कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ३ : ५५ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक