खोप खरिदमा अनियमितता नभएको स्वास्थ्यमन्त्रीको दाबी « Khabarhub

खोप खरिदमा अनियमितता नभएको स्वास्थ्यमन्त्रीको दाबी


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमिता नभएको दाबी गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री त्रिपाठीले खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको बताए । मन्त्री त्रिपाठीले बुझेर मात्र बोल्न आग्रह गर्दै अनर्गल, झुटा अफवाह र आत्मरतिका लागि नबोल्न भने ।

कमिसनका कारण ५० लाख डोज खोप आयात प्रभावित भएको खबरहरू सार्वजनिक भएपछि भ्रष्टाचार भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालले वक्तव्य दिएका थिए ।

नेताहरुलाई बुझेर मात्र बोल्न चेतावनी दिएका मन्त्री त्रिपाठीले भारतको सेरम इस्न्टिच्युटबाट ५० लाख डोज खोप किन खरिद हुन सकेन भन्ने चाहिँ खुलाएनन् । उनले भने, ‘बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस् । अनर्गल, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस् ।’

उनका अनुसार सेरमसँग नेपालले खरिद गरिसकेको १० लाख डोज खोप कहिले आउँछ भन्ने टुंगो छैन । कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा खोप आउन ढिला भएको भन्दै उनले एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिइसकेको र सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशका रुपमा नेपालमा खोप आउँछ भन्ने विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै