अक्सिजनको कोटामा असन्तुष्टि जनाउँदै बिरामी भर्ना नलिने मेडिसिटीको चेतावनी « Khabarhub

अक्सिजनको कोटामा असन्तुष्टि जनाउँदै बिरामी भर्ना नलिने मेडिसिटीको चेतावनी


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मेडिसिटी अस्पतालले सरकारले अक्सिजनको कोटा निर्धारण गरेकोमा आपत्ति जनाएको छ । सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै मेडिसिटीले कोभिडका नयाँ बिरामी भर्ना नलिने घोषणासमेत गरेको छ ।

अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ संकटन व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्धारण गरेको कोटाले नयाँ बिरामी भर्ना गरेर उपचार गर्न नसकिने जनाएको हो । सीसीएमसीले अक्सिजनको वितरण प्रभावकारी बनाउन मेडिसीटी अस्पताललाई दैनिक १ सय अक्सिजन सिलिण्डर कोटा निर्धारण गरेको थियो ।

उक्त अस्पतालले प्रत्येक दिन चार सयदेखि पाँचसय अक्सिजन सिलिण्डर आवश्यक पर्ने भन्दै नेपाल सरकारबाट एकसय सिलिण्डरमात्र प्राप्त हुने जानकारी पाएकाले त्यसले उपचारमा असहज हुने उल्लेख गरेको छ ।

अस्पतालका मेसु तथा प्रवक्ता डा. राज राणाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकसय थान सिलिण्डरले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले कोभिड–१९ संक्रमणको जटिल स्थितिका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ छ।’

यस्तो छ अस्पतालले निकालेको विज्ञप्ति

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : ०२ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको