अक्सिजनको सहज आपूर्तिका लागि उपप्रधानमन्त्रीले गरे निजी क्षेत्रसँग छलफल | Khabarhub Khabarhub

अक्सिजनको सहज आपूर्तिका लागि उपप्रधानमन्त्रीले गरे निजी क्षेत्रसँग छलफल


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले आज उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरुसँग प्रधानमन्त्री कार्यालयमा बैठकको आयोजना गरेका हुन् ।

अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको थियो ।

बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ भने अक्सिजन सिलिन्डर वितरण प्रणालीलाई वस्तुपरक बनाउनका लागि बिरामीको संख्या, अक्सिजन चाहिने बिरामी, अक्सिजन उत्पादन गर्ने उद्योगहरु, अस्पतालबीच समन्वय गर्ने निर्णय भएको छ ।

यसैगरी, छिटो माध्यमबाट अक्सिजन प्लान्ट गर्नका लागि आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । निजी क्षेत्रका ठूला अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा अहिलेको समस्या आइपरेको हो । काठमाडौं उपत्यका र काभ्रेमा गरी अहिले ९ वटा अक्सिजन उद्योगहरु छन् । १५ हजार लिटर भन्दा बढी माग भए पनि अहिले ७ हजार २ सय लिटरमात्रै उत्पादन क्षमता रहेको छ । निजी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अधिकांश निजी अस्पतालहरु यिनै उद्योगमा निर्भर हुनुपर्ने अवस्था छ ।

सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले संकटको अवस्था रहेकाले सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताए । ‘महामारीसँग जुध्नका लागि राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘संकटको बेला भ्रमको खेती गर्ने पनि छन्, त्यस्तोबाट सचेत पनि हुनुपर्छ ।’

सीसीएमसीले अक्सिजन ग्यासको विद्यमान समस्या समाधान गर्ने उद्देश्यले विभिन्न प्रयास गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ०१ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित