कोरोना संक्रमित एमाले नेता चौलागाईंको निधन « Khabarhub

कोरोना संक्रमित एमाले नेता चौलागाईंको निधन


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ। मनमोहन अस्पतालमा उपचाररत चौलागाईंको मंगलबार राति निधन भएको हो ।

नेता चौलागाईंलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो । बागमती प्रदेश सभा सदस्य समेत रहेका नेता चौलागाईंको निधनमा एमालेका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली दिएका छन् ।

कोरोना जित्ने विश्वास थियो । तर विश्वासले हार खायो । भावपूर्ण श्रद्धान्जली कमरेड पशुपती चौलागाई । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।
चार दशक लामो सहकार्यको संझना रहीरहनेछ ।

Posted by Shankar Pokhrel on Tuesday, 11 May 2021

 

अलविदा पशुपति चौलागाईं दाई ! मनमोहन अस्पतालमा १५ मिनेट अघि उहाँको कोरोनाका कारण निधन भएको छ । नेकपा एमालेले एकजना असल नेता गुमाएको छ ।

Posted by Ganesh Panday on Tuesday, 11 May 2021

दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए । उनी गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ४२ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै