कपाल झर्नबाट रोक्न के के गर्ने ? « Khabarhub

कपाल झर्नबाट रोक्न के के गर्ने ?


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उमेरले ३० कटेका अधिकाशं युवामा अहिलेको प्रमुख स्वास्थ्य समस्या हो कपाल झर्नु । यसरी जवानी मै कपाल झरेपछि पुरुषकालागि यो ठूलो चिन्ताको विषय बनेको छ । युवावस्थामै तालु नदेखियोस् भन्न पुरुषहरुले केहि घरेलु उपाय अपनाए कपाल झर्ने समस्या समाधान हुन्छ ।

१. अण्डामा प्रशस्त मात्रामा पाइने प्रोटिनले कपाललाई बाक्लो र बलियो बनाउँछ । यसका लागि एउटा अण्डालाई मज्जाले फिटेर पेस्ट बनाई नियमित रुपमा कपाल र तालुमा लगाएर केही मिनेटसम्म त्यत्तिकै राख्ने र पछि पखालेमा कपाल बाक्लो र चम्किलो हुन्छ ।

२. पुरुषको कपाल झर्नबाट रोक्न तालुको भागलाई मसाज गर्दा राम्रोसँग रक्तसञ्चार हुन्छ । रगतले कपालका जरालाई चाहिने अक्सिजन बोकेको हुन्छ । यसले कपाललाई उमार्न र हुर्काउन मद्दत गर्छ । तसर्थ, नियमित तालुको मसाज गर्दा लाभ मिल्दछ ।

३. भिटामिन र पौष्टिक तत्व पाइने नरिवलको पानीले कपाल पलाउन सहयोग गर्दछ । यसले कपालको जरालाई स्वस्थ र मजबुत पनि बनाउँछ । नरिवलको तेल वा नरिवल पानी दुवैलाई तालुमा लगाए वा नरिवलको पानी दिनहुँ पिएमा कपाल र शरीर दुवै स्वस्थ हुन्छ ।

४. एक गिलास दहीमा दुई र तीन चम्चा कालो मरिचको धूलो राखी पेस्ट बनाएर कपालमा लगाउँदा कपालको झर्ने दर कम हुन जान्छ । यो पेष्ट लगाएको केही मिनेटपछि स्याम्पू लगाई नरम तरिकाले पखाल्नु पर्छ ।

पुरुषको कपाल झर्न रोक्न नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ । साथै नियमित तेलले मालिस गर्दा पनि कपाल पलाउन लाभ पुग्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ११ : ०५ बजे

जावलाखेल युथले नेपाल पुलिस क्लबलाई हरायो

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल

क्षितिज थेबेको चुनावी सभामा उपमहासचिव योगेश भट्टराई (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका युवा उम्मेदवार क्षितिज थेबेको चुनावी प्रचारका क्रममा

देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार

डडेल्धुरा – शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत् गगनकुमाार थापाले सभापतिबाट बिदा

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा

काठमाडौं– राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार

बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

काठमाडौं– नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी