दुर्घटनामा परेको मोटरसाइकलमा भेटियो लागूऔषध, तीन जना पक्राउ « Khabarhub

दुर्घटनामा परेको मोटरसाइकलमा भेटियो लागूऔषध, तीन जना पक्राउ


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि प्रहरीले मोरङबाट तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्ने नजिक बिहीबार बिहान दुर्घटनामा परेको मोटरसाइकलबाट लागूऔषध भेटिएपछि तीनजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका–८ का ६० वर्षीय अब्बास मियाँ छन् ।

एसपी खड्काका अनुसार धमला र भट्टराई सवार प्रदेश १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । त्यसपछि अनुसन्धानका क्रममा धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा ८९२ थान नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेस जस्तो देखिने वस्तु भेटिएको भेटिएको हो ।

अहिले उनिहरुमाथि थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : ०८ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको