‘रोजगारी गुम्ने चिन्ता बढेपछि ट्वीटर अभियान चलायौँ’ | Khabarhub Khabarhub

‘रोजगारी गुम्ने चिन्ता बढेपछि ट्वीटर अभियान चलायौँ’



काठमाडौँ– ‘आमाले सोध्छिन् बाबु कोरिया कहिले जान्छस ? मैले प्रधानमन्त्री ज्यूलाई सोधेर भन्छु भनेको छु ।’

सबै प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका युवाहरूले अहिले ट्वीटरमा यस्तै ट्वीट छोडेका छन् ।

विशेषगरी युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई मेन्सन गर्दै विभिन्न स्ट्याटससहित ‘जस्टिस फर ईपीएस पासर’ अभियान छोडेका छन् ।
ट्वीटरमा यो अभियान ४ दिन देखि चलिरहेको छ ।

सरकारले उच्च कुटनीतिक पहल गर्न नसक्दा मुखमै आएको रोजगार गुम्न लागेको गुनासो गर्छन् कपिलवस्तुका संगम खनाल ।

‘एक लाख जनालाई उछिनेर ५ हजारमा नाम निकालियो’ उनले खबरहबसँग भने, ‘सरकारले पहल नगरे हाम्रो मेहनत खेर जाने भयो ।’

कोरिया रोजगारीका लागि परीक्षा पास भएको २ वर्षभित्र पुगिसक्नु पर्छ ।

कहिले उडान खुल्ला र जान पाइएला भनेरै बसेको १५ महिना पुगिसकेको उनले दुखेसो पोखे ।

‘कोरोना महामारी भन्दाभन्दै डेढ वर्ष बित्नै लागिसक्यो ’ उनी भन्छन्, ‘स्वास्थ्यका मापदण्ड सबै पालना गर्छौ, आफ्नै खर्चमा पीसीआर परीक्षण पनि गर्न तयार छौँ ।’

मंगलवार साँझसम्म करिब २६ हजारले ट्वीट गरी ट्वीटर ट्रेन्डिङको नम्बर १ मा ल्याएका छन् ।

अभियानमा धेरै युवाहरूले कोरिया रोजगारीमा जानकै लागि विगत १५ महिनादेखि पर्खिदा मानसिक तनाव (डिप्रेसन) मा पुगेको कुरासमेत लेखेका छन् ।

त्यस्तै सौरभ लोपचनले ट्वीट गरेका छन्, ‘सम्मानीय प्रधानमन्त्री ज्यू, नमस्कार । ईपीएस भाषा पास गरी कोरिया जान पखाईमा बसेको हामी करिब ११/१२ हजार युवाहरू, १७ महिना बितिसक्दा पनि सम्बन्धित निकायबाट पहल हुन नसक्दा, यो विषयमा पहल गरिदिनुपर्यो धन्यवाद !’

परीक्षा पास गरेर सबै प्रक्रिया पुरा गरेर बसेका युवाहरू कोरिया जान पाउनुपर्छ भन्ने उनीहरूको माग हो ।

कोरियाले सन् २००८ देखि सरकारीस्तरबाटै भाषा परीक्षा लिएर नेपाली कामदार लैजान शुरु गरेको हो ।

४० वर्षभन्दा कम उमेरसमूहका कामदार लैजाने कोरियाले हरेक वर्ष औसतमा ५ हजार जना नेपालीलाई रोजगारी दिइरहेको छ ।

पछिल्ला केही वर्षयता कोरियामा आम्दानी राम्रै हुने भएकाले हरेक वर्ष १ लाखभन्दा बढी युवाहरू भाषा परीक्षाको तयारी गर्छन् ।

कोरोना भाइरसको माहामारी पछि नेपाली श्रमिकले पाउने कोरियाको रोजगारी अन्योल छ ।

उनीहरूले ०७६ फागुन पहिलो सातादेखि ईपीएस प्रणालीमार्फत श्रमिक नेपालबाट कोरिया जान पाएका छैनन् ।

कोरिया रोजगारीमा जानका लागि नियमित भाषा परीक्षा पास गरेपछि ‘लेबर कन्ट्रयाक्ट’ आउछ ।

त्यसपछि श्रमिकले ‘सर्टिफिकेट फर कन्फर्मेसन अफ भिसा इन्युएन्स अर्थात् सीसीभीआई फारम भर्नपर्छ ।

उक्त फारम जारी भएको ३ महिनाभित्र भिसा लाग्नुपर्छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : ४५ बजे

शिक्षक महासंघको चेतावनी : शिक्षा विधेयक तत्कालै पारित नभए फेरि आन्दोलनमा होमिन्छौँ

काठमाडौं- नेपाल शिक्षक महासंघले संसद्‍बाट पारित गर्ने तयारीमा रहेको विद्यालय

कैलाली–कञ्चनपुर जलमग्न, सतर्कता अपनाउन मुख्यमन्त्रीको आग्रह  

काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षालाई विपद्को समयमा उच्च सतर्कता

मन्त्रिपरिषद्को निर्णय : सहकारीको कर्जाबारे कारबाही र असुलीका लागि तीन सदस्यीय न्यायाधिकरण गठन

काठमाडौं– सरकारले सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र

नेविसंघको असन्तुष्ट पक्षले घेर्‍यो सानेपा (तस्बिरहरू)

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

लगातारको वर्षापछि धनगढी आसपासका क्षेत्र जलमग्न

कैलाली– गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न