कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च | Khabarhub Khabarhub

कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बेलौरी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चवापत १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगर प्रवक्ता विनोद नेपालीले बताए । ‘कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनुभएका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय गरिएको छ’, उनले भने, ‘केही दिनभित्रै खर्च दिन शुरु गर्छौँ ।’

कोरोनाका कारण नगरपालिकाका १४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । पाँच सय बढी व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

नगरपालिकाले कुण्डास्थित कोभिड अस्पतालमा उपचारपछि घर फर्किने बासिन्दालाई पनि पोषिलो खाना पनि उपलब्ध गराउने भएको छ । त्यसका लागि दुई हजार बराबरको पोषणयुक्त खानाका सामान उपलब्ध गराउने कार्यपालिकाबाट निर्णय गरिएको छ ।

कोभिड सङ्क्रमित बालबालिकाको उपचारका लागि भवन बनाउने निर्णय पनि गरिएको छ । बेलौरीमा दुई बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ ।

दुवै जना १५ र १६ वर्षका छन् । बालबालिकामा कोरोना सङ्क्रमण फैलिने सक्ने सम्भावनालाई मध्यनजर गरी भवन बनाउन लागिएको हो । त्यस्तै नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि सहयोग गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकबाट रक्त सञ्चार केन्द्रका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ९ : ३८ बजे

दशैँ सुरु भएसँगै काठमाडौं छाड्नेको भीड (तस्बिरहरू) 

काठमाडौं– हिन्दूहरूको महान पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।

प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ

काठमाडौं – प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने पाँच

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान