नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयनमा रोक लगाउनु दु:खद : महन्थ ठाकुर « Khabarhub

नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयनमा रोक लगाउनु दु:खद : महन्थ ठाकुर


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले अदालतको आदेशको भने सम्मान गर्ने बताए ।

शुक्रबार पार्टी कार्यालय बबरमहलमा नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले सरकारले ल्याएको अध्यादेश पनि एक प्रकारको कानुन नै भएको बताए । यसअघि सर्वोच्चले अध्यादेशबमोजिम वितरित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा कानुनी जटिलता पैदा हुने अवस्थासमेत रहने भएकाले संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाट नै आवश्यक व्यवस्था मिलाउनु उपयुक्त हुने ठहर गरेको थियो ।

अध्यक्ष ठाकुरले लामो समयदेखि नागरिकतासम्बन्धी कानून संसदमा अड्किरहेको र कुनै निर्णय हुन नसकेकाले समस्या भयावह हुँदै गएको बताए । नागरिकता नहुँदा नागरिकहरु रोजगार र उच्च शिक्षाबाट बञ्चित हुनुपरेको भन्दै उनले नागरिकतासम्बन्धी कानून अघि बढाउनका लागि भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले नागरिकता सम्बन्धी समस्या मधेशको मात्र नभइ समग्र मुलुकको भएको जिकिर गरे । यस्तै उनले संसद विघटनको मुद्दा अदालतमा रहेको भन्दै आफूहरु पनि निर्णय पर्खेर बसेको बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले जसपा अब मुलुकको वैकल्पिक शक्ति भएको भन्दै अहिलेको अवसरलाई जनताका लागि सदूपयोग गर्नुपर्ने धारणा राखे । देश र जनताप्रति समर्पित भएर सबैले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।

नवनियुक्त उद्योगमन्त्री राजकिशोर यादवले सरकारमा रहेर मधेशलगायत अन्य क्षेत्रमा रहेका जनताको समस्या समाधानका लागि काम गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ४ : १५ बजे

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा

कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक

नदीकिनारका बस्ती हटाउने घटनाबारे संयुक्त राष्ट्रसंघको चासो

काठमाडौं – काठमाडौंमा भइरहेको घरटहरा हटाउने घटनामाथि संयुक्त राष्ट्रसंघका मानवअधिकार

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

अपूरा योजनामा बजेट माग्दै मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका विभिन्न अपूरा