कोरोना सङ्क्रमितको नियमित डायलासिस गरिँदै « Khabarhub

कोरोना सङ्क्रमितको नियमित डायलासिस गरिँदै


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– धवलागिरि अस्पतालले कोरोना सङ्क्रमणसँगै मिर्गौला रोगबाट ग्रसित बिरामीलाई नियमित डायलासिस सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालमा अहिले चार जना कोरोना सङ्क्रमितले डायलासिस गराइरहेका छन् । जसमध्ये तीन जना होम आइसोलेशनमा छन् भने एक जना अस्पतालमै भर्ना भएर उपचाररत छन् ।

अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलका अनुसार अस्पतालमा नियमित डायलासिस गराउनेको संख्या २० छ । ‘कोरोना सङ्क्रमितका लागि विशेष सावधानीसहित डायलासिस गराइरहेका छौँ’, उनले भने, ‘जोखिम हुँदा पनि हामीले मिर्गौलाका बिरामीलाई अन्यत्र पठाएनौँ, यही व्यवस्थापन गर्‍यौ ।’

कोरोना सङ्क्रमितलाई आइसोलेशनकक्षमा छुट्टै राखेर डायलासिस गराउने गरिएको छ । होम आइसोलेशनमा रहेका तीन जना मिर्गौलापीडित भने सुरक्षित तवरले अस्पताल आई डायलासिस गरेर फर्कन्छन् । अस्पतालले कोरोना सङ्क्रमित महिलालाई प्रसूतिसमेत गराउँदै आएको छ ।

महामारीको दोस्रो लहर शुरु भएयता दुई जना सङ्क्रमित महिलाले अस्पतालमा शिशु जन्माएको प्रमुख चिकित्सक पोखरेलले बताए । कोरोनासँगै अन्य दीर्घ रोग भएका बिरामीको पनि उपचारमा विशेष ध्यान दिइएको उनको भनाइ छ ।

त्यस्ता बिरामीलाई कोरोनाले चाँडै गम्भीर बनाउने चिकित्सक बताउँछन् । मिर्गौला रोगी पनि बढी जोखिममा पर्छन् । अस्पतालले तीन वर्षअघि मिर्गौलापीडितको उपचारका लागि डायलासिस सेवा शुरु गरेको थियो । डायलासिस सेवा दिने अस्पताल जिल्लामा यही मात्र हो ।

विसं २०७६ चैत १५ मा देशकै पाँचौ सङ्क्रमित जिल्लामा भेटिएपछि अस्पतालले गण्डकी प्रदेशमै पहिलोपटक कोरोनाको उपचार थालेको थियो । हालसम्म सयौँ सङ्क्रमित उपचारपछि निको भएर अस्पतालबाट घर फर्केका छन् । अहिले १४ जना सङ्क्रमित अस्पतालमा उपचाररत छन् ।

सीमित स्रोत साधनका बावजुद अस्पतालले सङ्क्रमितको उपचार र व्यवस्थापन गरिरहेको छ । दरबन्दी अनुसार चिकित्सक/स्वास्थ्यकर्मी नहुँदा कामको चाप छ । उपप्रादेशिक तहको अस्पताल भएर पनि पूर्वाधार र मानव संशाधनको व्यवस्थापनमा सम्बन्धित निकायको उचित ध्यान पुगेको छैन ।

पछिल्लो सातायता अस्पतालमा सङ्क्रमितको संख्या ५० प्रतिशतले घटेको जनाएको छ । हालसम्म जिल्लाका चार हजारबढीमा कोरोना पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको संख्या ६९० छ भने कोरोनाका कारण ४७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ४ : ०२ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन