‘पार्टीलाई नै परिवार सम्झेर किसुनजीको राजनीतिक जीवन बित्यो’ | Khabarhub Khabarhub

‘पार्टीलाई नै परिवार सम्झेर किसुनजीको राजनीतिक जीवन बित्यो’


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई नैतिकता र मूल्य मान्यतामा आधारित राजनीतिका लागि बिर्सन नसकिनेमा जोड दिइएको छ ।

लोकतन्त्र संवाद केन्द्रले आज जुम प्रविधिबाट आयोजना गरेको ‘मूल्य र नैतिकतामा आधारित राजनीति र किसुनजीको सम्झना’ विषयक कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद प्रदीप गिरीले राजकीय शक्ति दुरुपयोग गरेर धन कमाउनुभन्दा ठूलो अपराध केही हुन्न भन्ने दर्शनबाट पूर्वप्रधानमन्त्री भट्टराई निर्देशित भएको बताए ।

“किसुनजीको यो नैतिकताको स्रोत आध्यात्मिकता हो, पार्टीलाई नै परिवार सम्झेर उहाँको राजनीतिक जीवन बित्यो, आफूसँग असहमत हुनेसँग पनि कुरा गर्ने प्रजातान्तिक संस्कार उहाँमा थियो”, सांसद गिरीले भने ।

दुईपटक प्रधानमन्त्री भएर बालुवाटारबाट निस्कँदा पनि किसुनजीले छाता, सुराही र पुरानो ट्याङ्का लिएर निस्कनु नै उनको बिम्ब बनेको कार्यक्रमका वक्ताको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले वर्तमान जटिल राजनीतिक परिस्थितिमा देशको राजनीतिक सार्वभौमसत्ता सुरक्षित राख्न किसुनजीको दर्शनअनुसार चल्न नेतृत्वलाई सुझाव दिए ।

पूर्वसचिव कृष्ण ज्ञवालीले अन्तरिमकालमा प्रधानमन्त्री बन्नुहुँदा किसुनजीले राजदरबारमा पठाउने पत्रमा त्यसअघि लेख्ने गरिएको ‘सरकारको अनन्य भक्त’ का स्थानमा ‘सरकारको हितैषी’ लेख्ने परम्पराको शुरुवात गरेको स्मरण गराए ।

कार्यक्रममा कृष्णप्रसाद भट्टराई फाउन्डेसनका महासचिव विनोदकुमार भट्टराईले सन्त नेता किसुनजीका विषयमा हालसम्म प्रकाशित नभएका विषय राखेर पुस्तक प्रकाशनको अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सो अवसरमा, पूर्व सांसद हीरादत्त भट्ट, नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष शेरबहादुर केसी, डा पूर्णकान्त अधिकारी, काठमाडौँ काँग्रेसका नेता राजन केसी, केन्द्रका नारायण भट्टराई र प्रदीप शर्मालगायतले नेपालको राजनीतिलाई सदाचारयुक्त बनाउन किसुनजीको योगदानका विषयमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १० : ०१ बजे

आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको