२ हजार रुपैयाँ जरिवाना तिरेर छुटे गणेश लामा « Khabarhub

२ हजार रुपैयाँ जरिवाना तिरेर छुटे गणेश लामा


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण जारी निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ परेका गणेश लामा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार रुपैयाँ जरिवाना लिएर लिएर छाडेको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले भने, ‘लामाले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले विहीबार पक्राउ गरी आज जिल्ला प्रशान कार्यालयमा उपस्थित गराएको थियो, हामीले सामान्य जरिवाना (२ हजार रुपैयाँ) मा छाडेका छौँ ।’

उनलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार सामान्य कारबाही गरिएको हो । प्रहरीले उनलाई बिहीबार लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिइरहेका बेला लामा दीपक मनाङेलाई भेट्न पोखरा पुगेका थिए ।

नेपाली कांग्रेसले भने बिना कारण लामालाई प्रक्राउ गरिएको र सुनियोजित रुपमा फसाउन खोजिएको भन्दै विरोध जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ५ : ०५ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको