पाँचथरमा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

पाँचथरमा थप दुई कोरोना संक्रमितको मृत्यु


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँचथरमा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ । ती मध्ये एक सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता (युजिआइ ब्लिडिङ)का कारण मृत्यु भएको छ ।

तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएका ६५ वर्षीया महिलाको आज पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो । यही जेठ २५ गते गरिएको एन्टिजेन परीक्षणमा उनी सहित परिवारका अन्य सदस्यमा समेत कोरोना पुष्टि भएको थियो । उनीका श्रीमान पनि सङ्क्रमित भइ अस्पतालमा उपचाररत छन् ।

होम आइसोलेसनमा रहेकी ती महिलालाई स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल पुर्‍याइएको जनाइएको छ । सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता गर्ने समस्याका कारण ज्यान गएको जिल्ला अस्पतालका सिनियर अहेव उमेश शाहले जानकारी दिए ।

विशेषतः कोरोनाजस्ता जटिल अवस्थामा हुने मद्यपानले यस प्रकारका समस्या निम्त्याउने गरेको उहाँको भनाइ छ । जिल्लामा विहीबार पनि दुई सङ्क्रमितको मृत्यु थियो ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : ५७ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा