भारतबाट हात्तीको बथान आउन थालेपछि बाहुनडाँगीबासी त्रसित | Khabarhub Khabarhub

भारतबाट हात्तीको बथान आउन थालेपछि बाहुनडाँगीबासी त्रसित


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– आधा दशकपछि भारतबाट बाहुनडाँगीमा हात्तीको बथान आउन थालेको छ । सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरु मेचीको बगरबाटै फर्किने गरेका छन् ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समिति बाहुनडाँगीका अध्यक्ष हरि उप्रेतीले एक सातादेखि हरेक रात भारतबाट मेची नदी तरेर नेपालको तारबार क्षेत्रसम्म हात्तीको बथान आउन थालेको बताए । ३० देखि एक सयको सङ्ख्यामा हात्तीको बथान आउने गरेका छन् । बथानमा लामा लामा दाह्रा भएका भाले हात्तीदेखि बच्चाहरु पनि छन् ।

केही दिनअघि मेचीनगर—४ स्थित बाहुनडाँगी भन्सार गौंडामा विद्युतीय तारबार भत्काएर ३० वटा हात्ती बाहुनडाँगी पसेका थिए । त्यसबेला तारबार भत्काएर पसेका हात्तीले मकैबाली खाएर सोत्तर बनाएका थिए । समितिले भत्केको तारबार मर्मत गरिसकेको जनाएको छ । तारबारको करेन्टसँग डराएर हात्ती रातभर सीमा क्षेत्रमै रोकिने गरेका छन् ।

भारतको सीमा क्षेत्रमा महानन्द वाइल्ड लाइफ सेन्चुरी नामक वन्यजन्तु आरक्षको घना जङ्गल छ । आसामदेखि आएका हात्ती नेपाल आउनु अघि त्यही जङ्गलमा बस्ने गर्छन् । हाल साँझ परेपछि समितिको पदाधिकारी, डिभिजन वन कार्यालय झापाको टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली हात्ती छेक्न सीमाको गौंडाहरुमा खटिने गरेको छ ।

डिभिजन वन कार्यालयको साइरनसहितको गाडी र स्थानीय समितिको दुई ट्रयाक्टरले सीमा क्षेत्रमा हात्तीको गस्ती गर्दै आएको छ । ‘‘कुनै पनि बेला हात्ती गाउँ पस्ने जोखिम छ, हामी नियमित गस्ती गरिरहेका छौं,’’ डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले भने, ‘‘२०७२ सालदेखि भारतबाट हात्ती आएका थिएनन् । अहिले एक्कासी आउन थाले ।’’

प्रकृति संरक्षण समाजका अध्यक्ष अर्जुन कार्कीले हात्तीको ठूलो सङ्ख्या तारबार फोडेर बाहुनडाँगी प्रवेश गर्ने प्रयासमा रहेको हुँदा विगतमा झैं मानव हात्ती द्वन्द्व अझ बढ्ने चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ९ : १५ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना