एकतर्फी संशोधन गरी कार्यविधि लागू गर्न लागिएकोमा चिकित्सक संघको आपत्ति « Khabarhub

एकतर्फी संशोधन गरी कार्यविधि लागू गर्न लागिएकोमा चिकित्सक संघको आपत्ति


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्रालयले जारी गरेको “एक चिकित्सक र एक स्वास्थ्यकर्मी- एक स्वास्थ संस्था सम्बन्धी कार्यविधि एकतर्फी संशोधन गरेर लागू गर्न खोजिएकोमा आपत्ति जनाएको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको विषम परिस्थितिमा फ्रन्टलाइनमा खटिरहेका चिकित्सकहरुलाई हतोत्साहित पार्ने गरी कार्यविधि लागू गर्न लागिएकोमा आपत्ति जनाएको हो ।

संघले सो कार्यविधि सरोकारवाला निकायहरुसंग बृहत छलफल गरेर मात्र लागू गर्न आग्रह गरेको छ ।

संघका महासचिव बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न समयमा दिइएका सल्लाह र सुझाबहरुलाई नजरअन्दाज गरी चिकित्सकहरुको मानमर्दन हुने गरी दैनिक जीवन यापन समेत गर्न नसक्ने अवस्थाको कार्यविधि ल्याई लागू गर्न खोजिएकोमा सो कार्यविधिलाई अविलम्ब संसोधन गर्दै ऐच्छिक बनाई लागू गर्न उपयुक्त हुने यस संघको ठहर छ ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १० : २१ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा