काठमाडौँ– नेकपा (एमाले)को विवाद समाधानका लागि गठित एमाले कार्यदलका वरिष्ठ नेता माधवकुमार पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
कार्यदलको आजको बैठकले एकता निष्कर्षमा पुर्याउने बताइएका बेला नेपाल पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका हुन् । आज विहान ८ बजे कार्यदलको बैठक बोलाइए पनि अझै उनीहरु बैठकमा पुगेका छैनन् ।
उनीहरु बैठक स्थलमा नगइ कोटेश्वरस्थित वरिष्ठ नेता नेपालको निवासमा छलफल जुटेको बताइएको छ ।
हिजोको बैठकपछि कार्यदल सदस्यहरुले आज सहमतिलाई अन्तिमरुप दिने बताएका थिए । आजको बैठकमा समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने जनाएका थिए ।
प्रतिक्रिया