एकता सहमतिलाई ‘अन्तिमरुप’ दिन एमाले कार्यदल बैठक शुरु « Khabarhub

एकता सहमतिलाई ‘अन्तिमरुप’ दिन एमाले कार्यदल बैठक शुरु


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा बैठक शुरु भएको हो ।

बैठक बिहान ८ बजे बस्ने भनिए पनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमा जुटेपछि एक घण्टा ढिलागरी बैठक शुरु भएको हो । नेपाल पक्षीय कार्यदल सदस्यले आन्तरिक छलफलपछि फर्किएपछि कार्यदल बैठक शुरु भएको हो ।

कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

कार्यदल सदस्यहरुले विवाद सहमतिको विन्दुमा पुगेको जनाउँदै आज एकताको सन्देश दिने दाबी गरेका छन् ।

‘निर्णायक’ भनिएको हिजोको बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै कार्यदलका सदस्य गोकर्ण विष्टले समस्या लगभग समाधानको अवस्थामा पुगेको र अब त्यसलाई औपचारिता दिने बताए ।

उनले भने, ‘कार्यदलभित्र लगभग सबै कुरा मिलेको छ यसलाई आज औपचारिकता दिइनेछ, तपाइँहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ ।’

नेता डा.भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताए ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । खनाल–माधवकुमार नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १० : ०८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष