पहिरोले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध « Khabarhub

पहिरोले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा–अविरल वर्षाका कारण गएको पहिरोले साँफे–मार्तडी सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।

उनका अनुसार राजमार्ग सडकको बल्दे, अम्कोट, द्वारी र ओलेनामा ठूलो पहिरो आएर अवरुद्ध बनेको छ । उक्त क्षेत्रमा ठूलो पहिरो आएको र पन्छाउनका लागि स्काभेटर तयार रहेको भए पनि पानी नरोकिएका कारण सडक खुलाउन सकिने अवस्था नरहेको प्रहरी निरीक्षक साउदले बताए ।

असारको शुरुवातबाटै आएको अविरल वर्षाका कारण राजमार्गको पहिरो पन्छाएर जीप तथा मालबाहक ट्र्याक्टर सदरमुकाम मार्तडीमा सहजरूपमा आवतजावत गर्ने गरेको भए पनि आज बिहान पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

उनले अवरुद्ध सडक पानी रोकिएपछि तत्काल स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर यातायातका साधन सञ्चालनमा ल्याउने बताए ।

जिल्लामा शुक्रबारदेखि अविरल वर्षा हुँदा बाढी र पहिराको त्रास बढ्न थालेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १० : २० बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि