वायु सेवा निगमलाई निजीकरण गर्ने पक्रियाबाट पछि हट्न डा. भट्टराईको अपिल « Khabarhub

वायु सेवा निगमलाई निजीकरण गर्ने पक्रियाबाट पछि हट्न डा. भट्टराईको अपिल


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने प्रक्रियाको विरोध गरेका छन् ।

उनले सार्वजनिक अपिल जारीगर्दै निजीकरणको गलत प्रक्रियाबाट सरकारलाई पछि हट्न र यस कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

भट्टराईले निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी कामचलाउ सरकारले प्रपञ्च रचेको आरोप लगाएका छन् ।

‘यसको भित्री अभिष्ट भनेको नजिकका दलाल पुँजीपतिहरुलाई नै संस्थान पोष्नु रहेको छ । क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्नरुप अरु के हुन सक्छ,’ भट्टराईले प्रश्न गर्दै भनेका छन्, ‘उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त सह्य छैन ।’

भट्टराईले सरकारलाई विभिन्न पाँच प्रश्न सोध्दै त्यसको जवाफ पनि माग गरेका छन् । सरकारी क्षेत्रको यति ठूलो संस्थानलाई गरिने निजीकरणले दूरगामी प्रभाव पार्ने उनको निष्कर्ष छ ।

यस्तो छ डा. भट्टराईले गरेको सार्वजनिक अपिल 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १ : ३८ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि