‘विज्ञान र उद्यमशीलता’ युवा सम्मेलन आजदेखि « Khabarhub

‘विज्ञान र उद्यमशीलता’ युवा सम्मेलन आजदेखि


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवर्तन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि शुरु भएको छ ।

युवालाई अध्ययन अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

उनले सम्मेलनबाट प्राप्त सुझावले सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पुर्‍याउने बताए । उनले सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमूलक बनाउन कार्यक्रम आयोजना गरिएको सुनाए । उपाध्यक्ष ढुङ्गेलले युवाको प्रतिभालाई प्रस्फुटन गराउन सातै प्रदेशमा नवप्रवत्र्तन केन्द्र स्थापना गरिनेसमेत जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । उनले सम्मेलनले विज्ञान र प्रविधि शिक्षामा सहयोग पुर्‍याउने जनाउँदै विज्ञान र प्रविधिलाई समाजसँग घुलमिल गराउनुपर्ने भनाइ राखे ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्तोलाले अनुसन्धान र नवप्रवत्र्तनमा नेपालको शिक्षा कमजोर रहेको विश्वास गर्दै सरकारले उच्च शिक्षामा बजेट बढाउनुपर्नेमा जोड दिए । उच्च शिक्षामा अनुसन्धान र नवप्रवत्र्तनका काम हुनसके युवालाई स्वरोजगारमुखी बनाउन सकिने जनाउँदै उनले सम्मेलनले युवालाई नवउद्यमीको सिर्जना गर्न अवसर प्राप्त गर्ने बताए ।

नेपाल विज्ञान तथा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिलाई समाजको समस्या समाधान गर्ने माध्यम बन्ने विश्वास व्यक्त गरे । उनले विज्ञान र प्रविधिमार्फत युवा जनशक्तिलाई परिचालन गरे मुलुकले समृद्धि हासिल गर्नसक्ने भनाइ राखे । विज्ञान र प्रविधि क्षेत्रमा लगानी गरे प्रतिफल प्राप्त गर्न सकिने जनाउँदै उनले विज्ञान र प्रविधि क्षेत्रमा काम गर्ने संस्थाबीच अन्तरसम्बन्ध गराउनुपर्नेमा जोड दिए ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विज्ञानबाट सिकेका कुरालाई उद्यमशीलतातर्फ लैजानुपर्ने बताए । उनले युवाले आफूसँग भएको सीपलाई उत्पादनशीलतामा परिणत गर्नु आवश्यक रहेकामा जोड दिए ।

सम्मेलनमा स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीलाई युवा वैज्ञानिकले अनुसन्धान गरेका विषयमा जानकारी गराइने परिषद्का प्रमुख प्रशासकीय अधिकृत डा बाबुराम ढुङ्गानाले जानकारी दिए । सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत चार विषयमा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा करीव ४०० युवा वैज्ञानिकको सहभागिता छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १ : ५१ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको