भक्तपुरमा दैनिक समातिन्छन् जुवाडे « Khabarhub

भक्तपुरमा दैनिक समातिन्छन् जुवाडे


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– देशभरी कोरोना भाइरसको महामारी फैलिएर सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सरकारले आग्रह गरिरहेका बेला भक्तपुर भने जुवा तासको अखडा बन्न थालेको छ ।

प्रहरीले भक्तपुरका विभिन्न नगरपालिका क्षेत्रमा जुवातासका अखडा बनाएर जुवा खेलिरहेको अवस्थामा धमाधम पक्राउ गर्न थालेको छ । मध्यपुरथिमि नगरपालिका–७ नगदेश र सूर्यविनायक नगरपालिका– ५ कटुन्जेबाट तास खेलिरहेका अवस्थामा प्रहरीले शनिबार साँझ २७ व्यक्तिलाई पक्राउ गरेको छ । नगदेशका ४० वर्षीय रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजीलगायत ११ व्यक्तिलाई प्रहरीले रु दुई लाख ६४ हजार १०० सहित पक्राउ गरेको बताइएको छ ।

सूर्यविनायकको कटुन्जेको गणेश हिलका बासिन्दा ३२ वर्षीय कर्म तामाङको हाम्रो खाजा घरबाट पनि १६ व्यक्तिलाई रु एक लाख २१ हजार ६०० सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपक गिरीले बताए ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोटको फोक्सिङटारमा डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका–६ का ४१ वर्षीय दिपेश भण्डारीको कोठाबाट पनि चार दिनअघि प्रहरीले ११ व्यक्तिलाई तास खेलिरहेका बेला पक्राउ गरेको र उनीहरुका साथबाट रु २४ हजार २४० बरामद गरेको छ ।

सूर्यविनायक–७ घ्याम्पेडाँडामा सञ्जीव वाग्लेले सञ्चालन गरेको घ्याम्पे आइएनएन होटलमा तास खेल्ने छ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका बेला महानगरीय प्रहरीवृत्त जगातिको टोलीले वाग्लेसहित उनीहरुलाई पक्राउ गर्नाका साथै रु ५८ हजार २०० बरामद गरेको छ ।

भक्तपुरमा नयाँ प्रहरी प्रमुख आएको एक साता नबित्दै जुवा तास खेल्ने व्यक्ति पक्राउ पर्न थालेका हुन् । नयाँ प्रहरी प्रमुख आउँदा जुवा खेल्ने तथा खेलाउने मान्छे पक्राउ परे पनि पछि भने पक्राउ नपर्ने भएकाले प्रहरीको मिलेमतो हुने गरेको थिमिका बासिन्दा राजाराम श्रेष्ठको आरोप छ । –रासस

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  २ : ५० बजे

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि