कतार प्रवेशका लागि संशोधित मापदण्ड भोलिदेखि लागू हुँदै, यस्तो छ नयाँ नियम | Khabarhub Khabarhub

कतार प्रवेशका लागि संशोधित मापदण्ड भोलिदेखि लागू हुँदै, यस्तो छ नयाँ नियम


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतार सरकारले कतार प्रवेश गर्नेहरूका लागि जारी गरेको मापदण्डमा संशोधन गर्दै कोरोना खोपको दुबै डोज लगाएकाहरूले क्वारेन्टाइनमा बस्न नपर्ने जनाएको छ ।

कतार जाने नेपालीहरूका लागि दोहास्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै कतारले संशोधन गरेको मापदण्ड भोलिदेखि लागू हुने र कोरोना खोपको दुवै डोज लगाएकाहरूले क्वारेन्टाइन बस्नु नपर्ने जनाएको हो ।

कतारमा कोरोनाको दुवै डोज लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका तथा कतारमा मान्यता दिएका फाइजर बायोन्टेक, मोडर्ना, एस्ट्राजेनिका र जोनसेन एण्ड जोनसेन खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएकाहरुले क्वारेन्टिन बस्नु नपर्ने जनाइएको छ ।

साथै यी खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएका व्यक्तिलाई पारिवारिक भ्रमण, व्यवसाय तथा पर्यटन भिसा समेत जारी गर्न सकिने राजदूतावासले जनाएको छ ।

यस्तै हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ लिएर मात्र यात्रा गर्न पाउनेछन् ।

त्यस्तै यात्रा गर्नुअघि ७२ घण्टादेखि कम्तीमा १२ घण्टाअघि अनिवार्य रुपमा एहतराज वेबसाइटमा अनलाइनबाट प्रि रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने यात्राको अनुमति प्रिन्ट गरी साथमा लिएर जानु पर्नेछ ।

कतारमा कोभिड १९ संक्रमण भइ निको भएका १२ महिनाभित्र यात्रा गर्ने यात्रुले पनि क्वारेन्टिन बस्नु नपर्ने संशोधित मापदण्डमा उल्लेख छ । यो मापदण्ड भोलिबाट लागू हुनेछ ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : २३ बजे

च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा

काठमाडौं – युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्गत गएराति भएको खेलमा

आज तिहारको मुख्य दिन भाइटीका

काठमाडौं – यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ।

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक ६ गते बिहीबार। कात्तिक

आज २०८२ साल कात्तिक ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ६ गते बिहीबार। कात्तिक

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा