भावुक बनाउने मेस्सी र नेइमारको त्यो अंगालो (भिडियोसहित) « Khabarhub

भावुक बनाउने मेस्सी र नेइमारको त्यो अंगालो (भिडियोसहित)


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोपा अमेरिका २०२१ को फाइनलमा घरेलु मैदानमा ब्राजिललाई हराएर अर्जेन्टिना विजेता बन्यो । यो सँगै २८ वर्षपछि अर्जेन्टिनाले मुख्य उपाधि जितेको छ ।

ल्याटिन अमेरिका र विश्व फुटबलमै शक्तिशाली मानिने ब्राजिलसँग फाइनल प्रतिस्पर्धामा अर्जेन्टिना भिड्ने भएपछि दुबै टिमका संसारभरिका समर्थकहरूबीच खेलको चर्चा चुलिएको थियो । समर्थकमा एकातर्फ ब्राजिल र नेइमारका फ्यान थिए भने अर्कातर्फ अर्जेन्टिना र लियोनल मेस्सीका फ्यान थिए ।

फाइनल खेलको २२ औं मिनेटमा अर्जेन्टिनाका एन्जल डि मारियाले गरेको गोलले अर्जेन्टिनाका फ्यान खुसी त भए नै साथै २८ वर्षपछि अर्जेन्टिनाको पोल्टामा मुख्य खेलको उपाधि पर्‍यो । यो उपाधिसँगै मेस्सीले अर्जेन्टिनाकालागि पहिलो मुख्य उपाधि जितेका छन् ।

जितपछि अर्जेन्टिनाका खेलाडीहरुले खुसी साटासाट गरे । तर पराजित टोलीका खेलाडी नेइमार पनि अर्जेन्टिनी खेलाडीले खुसी मनाइरहेको ठाउँमा गएर मेस्सीलाई अंकमाल गरे । उनलाई मित्रको जितमा आफूले पराजय भोगे पनि बधाई दिन मन मानेन र मेस्सी नजिकै गएर अँगालो हाले । सोहि भिडियो केही घण्टामै विश्वभर भाइरल बनेको छ ।

भिडियो हेर्नुहोस् :

उनीहरूले करीब १ मिनेटसम्म एकअर्कालाई अँगालो हालिरहे । यो क्षणले दुबै टिमका समर्थकलाई मात्र भावक बनाएन समर्कहरुको मन पनि उत्तिकै छोयो ।

भिडियोमा नेइमारले मेसीलाई बधाई र मेसीले नेइमारलाई सान्त्वना दिइरहेको जस्तो देखिन्छ । नेइमार र मेसीको उक्त अँगालोको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

नेइमार र मेसीको मित्रता गहिरो छ। केही समयअघिसम्म उनीहरू स्पेनिस क्लब बार्सिलोनामा सँगै फुटबल खेल्थे। पछिल्लो समय नेइमार बार्सिलोनाबाट फ्रान्सेली क्लब पीएसजी गएका छन् । अहिले क्लब फरक परे पनि मेसी र नेइमारको मित्रता भने प्रगाढ रहेको यही भिडियोले दर्शाउँछ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ४ : ३३ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका