दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड « Khabarhub

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मा पाएका छन् ।

फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट निर्वाचित बनेका उनको यो मन्त्रीका रुपमा दोस्रो जिम्मेवारी हो । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७९ माघ ३ गते पहिलो पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका उनी १९ दिन मात्रै मन्त्री बनेका थिए ।

सो समय नागरिकता मुद्दामा रास्वपाका सभापति तथा तत्कालीन उपप्रधानमन्त्री रवि लामिछानेको पद गुमेसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । माघ २२ गते उनीहरु सरकारबाट बाहिरिदै गर्दा खनालले मन्त्री पद सम्हालेको १९ दिन मात्रै भएको थियो ।

खनालले अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । यस्तै, बज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ३ : ३० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म