पूर्व माओवादी नेताले दिएको उजुरी निर्वाचन आयोगद्वारा खारेज, माओवादी केन्द्रले पायो वैधानिकता « Khabarhub

पूर्व माओवादी नेताले दिएको उजुरी निर्वाचन आयोगद्वारा खारेज, माओवादी केन्द्रले पायो वैधानिकता


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व माओवादी नेताहरूले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दिएको निवेदनलाई निर्वाचन आयोगले खारेज गर‍ेको छ ।

उक्त निवेदनबारे ‍निर्णय गर्दै आयोगले माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको हो ।

आयोगको आज भएको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरेको छ ।

नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।

अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो । पूर्वमाओवादी नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै आयोगमै पुगेर उजुरी गरेका थिए ।

आयोगले पूर्वमाओवादी नेताहरूको दाबीलाई अस्वीकार गरेको हो । त्यस्तै, माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ४ : ३० बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने