एआईजी थापालाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

एआईजी थापालाई दर्ज्यानी चिन्ह प्रदान


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका सहकुल बहादुर थापा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार एआईजी थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिँदै पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिबद्धता अनुरूप नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए ।

संगठनको थप सुदृढीकरण र विकासका लागि व्यावसायिकता र पेशागत धर्ममा रही हरेक कार्यलाई सहजरूपमा लिदै स्वमूल्याङ्कन गरी पूर्ण निष्ठाका साथ अगाडि बढ्नुपर्ने उनले बताए ।

समारोहमा एआईजी थापाले प्राप्त जिम्मेवारीलाई मन, वचन र कर्मका साथ संगठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आफू बोलाई भन्दा गराईमा विश्वास गर्ने भएकाले आफ्नो बुद्धि, विवेक र ईमानदारिताका साथ संगठनको श्रीवृद्धिमा लाग्ने उनले बताए ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : १२ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट