नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण « Khabarhub

नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बंगलादेश बैँकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ ।

नेपाल बंगलादेश बैंक, आर एण्ड डि इनोभेटीभ सोलुसन प्रालि, मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समिति बीच भएको चौ–पक्षीय सम्झौता अनुसार मकवानपुरगढी गाँउपालिकाको अध्यक्ष बिदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी यही असार २५ गतेबाट लगानीको शुरुवात गरिएको हो ।

यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले बताएको छ । उक्त योजना अन्र्तगत बिनाधितो, एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ । कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् ।

उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगद रहित बिद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले बताएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : ०७ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी