भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे « Khabarhub

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२० विश्वकप २०२६ को सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

यो जितसँगै सुपर–८ को समूह ‘ए’ मा रहेको भारतले दुई खेलबाट समान एक जित र हारसहित दुई अंक जोडेको छ । अब सेमिफाइनल यात्रा वेस्ट इन्डिजविरुद्धको खेलबाट तय हुनेछ । यो खेलमा भारतले वेस्ट इन्डिजलाई पराजित गर्नुपर्ने हुन्छ ।

बिहीबार भारतको चेन्नाईस्थित चिदमबरम क्रिकेट रंगशालामा घरेलु टोलीले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । जिम्बावेलाई सस्तैमा रोक्न अर्सदीप सिंहले तीन विकेट लिए ।चार ओभर बलिङ गरेका उनले २५ रन खर्चिए ।

वरुण चक्रवर्ती, शुभम दुवे र अक्षर पटलले समान एक विकेट लिए । जिम्बावेका निम्ति ओपनर ब्रायन बेन्निटले सर्वाधिक ९७ रन बनाए । अविजित रहेका बेन्निटले ५९ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । कप्तान सिकन्दर राजाले ३१ रन बनाए । कप्तान राजाले २१ बलमा समान दुई चौका र छक्का प्रहार गरे । ओपनर टाडिवनाशे मारुमानीले २० र टोनी मुन्योगांले ११ रन बनाए ।

त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले जिम्बावेविरुद्ध निर्धारित २० ओभरमा चार विकेट गुमाएर २५६ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर अभिषेक शर्माले ५५ रनको अर्धशतकीय इनिङ खेले । ३० बल खेलेका शर्माले समान चार चौका र छक्का प्रहार गरे ।

उनले दोस्रो विकेटको निम्ति इशान किशनसँग ७२ रनको साझेदारी गरेका थिए । अविजीत रहेका हार्दिक पाण्ड्याले ५० रन जोडे । इनिङको दोस्रो अर्धशतक बनाएका पाण्ड्याले २३ बलमा दुई चौका र चार चौका प्रहार गरे । अविजित रहेका अर्का बयाटर तिल वर्माले ४४ रन बनाए ।

वर्माले १६ बलमा तीन चौका र चार छक्का प्रहार गरे । इशान किशनले ३८ रन बनाए । किशनले २४ बलमा चार चौका र एक छक्का प्रहार गरे । कप्तान सुर्यकुमार यादवले ३३ रन जोडेका थिए । जिम्बावेका रिचार्ड एनगरावा, ब्लेसिङ मुजरबानि, टिनोटेन्डा मोपासा र सिकन्दर राजाले समान एक विकेट लिए । हारसँगै जिम्बावे भने विश्वकपबाट बाहिरियो ।

जिम्बावेले सुपर–८ को दुई खेल खेल्दा दुवै खेल हारेपछि अंकविहीन बनेको छ । अब जिम्बावेले आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकासँग खेल्नेछ ।

आजै सुपर–८ अन्तगर्त भएको पहिलो खेलमा वेस्ट इन्डिजलाई नौ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गरेको छ । भारतको अहम्दाबादस्थित नरेन्द्रमोदी क्रिकेट रंगशालामा वेस्ट इन्डिजले प्रस्तुत गरेको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो ।

यो जितसँगै दक्षिण अफ्रिका सुपर–८ को समूह ‘ए’ बाट सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बन्यो । दुई खेल खेलेको उसले दुवैमा जित निकाल्दै चार अंक जोड्यो । अब सुपर–८ को अन्तिम खेलमा दक्षिण अफ्रिकाले जिम्बावेसँग मार्च १ मा खेल्ने तालिका छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ११ : ०८ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन