एमाले स्थायी कमिटी बैठक स्थगित, फेरि भोलि बस्ने | Khabarhub Khabarhub

एमाले स्थायी कमिटी बैठक स्थगित, फेरि भोलि बस्ने


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटीको बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बसेको थियो ।

पार्टी एकता जोगाउन गठित कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा हस्ताक्षर हुन नसकेपछि बैठक सोमबारसम्मलाई स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित गरिएको उनले बताए । उनले भने, ‘हिजो कार्यदलले सहमति पत्र बनाएर फाइनल गरेको थियो । आज हस्ताक्षर गर्ने भनिएको थियो । तर माधवकुमार नेपालका कारण के समस्या आयो हामीले बुझेका छैनौँ । हस्ताक्षर गरेर तयार पारेको डकुमेन्टलाई अनुमोदन गर्न बैठक डाकिएको थियो तर अनुमोदन भएर आउने अवस्था रहेन त्यसैले भोलिका बेलुका बस्नेगरी बैठक स्थगित भएको हो ।’

तामाङले हिजो निकालिएको निष्कर्षमा अलिकति समस्या देखिएको समेत जानकारी दिए । उनले विवाद समाधानका लागि केही समय पर्खनुपर्ने भएका कारण बैठक स्थगित भएको जानकारी दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका सबै सदस्यलाई बैठकमा बोलाएका थिए । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठकमा नजाने जनाएको थियो । यसअघि सम्झौतामा हस्ताक्षर भए लगत्तै नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बस्ने तय भएको थियो ।

अब सर्वोच्च अदालतको फैसला लगत्तै स्थायी कमिटी बैठक बस्ने र त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बसेर पार्टी अघि बढ्ने तामाङले बताए । साथै वार्ता कार्यदलको सम्झौताको औचित्य पनि लगभग सकिएको उनको भनाइ छ ।

सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले दायर गरेको रिटमा एमालेका नेपाल पक्ष‍का २३ सांसदले हस्ताक्षर गरेका थिए । अध्यक्ष ओलीले एकता जोगाउन भन्दै २३ सांसदले हस्ताक्षर फिर्ता लिनु पर्ने अडान लिएका थिए ।

एमालेका २३ सांसदले गरेको समर्थन फिर्ता आजसम्म नभएकाले ओली पक्ष अब नयाँ ढंगले अघि बढ्ने भएको छ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : २४ बजे

अलास्कामा पुटिनका लागि ‘रेड कार्पेट’, विमानस्थलको रनवेमै पुगेर स्वागत गरे ट्रम्पले

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा

ट्रम्पपछि पुटिन पनि वार्ताका लागि अलास्काको एंकरिजमा उत्रिए

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको विमान अलास्काको एंकरिजस्थित संयुक्त बेस

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा